सुर्खेत । कर्णाली प्रदेशका पूर्व प्रदेश सभा सदस्य मञ्च गठन गरिएको छ। बुधबार पूर्व प्रदेश सभा सदस्य दल रावलको अध्यक्षतामा मञ्च गठन गरिएको हो ।
मञ्चको उपाध्यक्षमा अमृता शाही, महासचिवमा कृष्णा शाह, सचिवमा पद्मा खड्का र कोषाध्यक्षमा मीनासिंह रखाल रहेकी छन् ।
पूर्व सामाजिक विकास मन्त्री समेत रहेका रावलले, ञनयाँ र पुराना प्रदेश सभा सांसदबिच भाईचाराको सम्बन्ध विकास गर्ने उद्देशले मञ्च गठन गरिएको बताए । उनका अनुसार, संगठनलाई सातै वटा प्रदेश तथा केन्द्रमा बिस्तार गरिने छ । आफुहरु सांसदहरु सिकेका ज्ञान र सिपहरु नयाँ सासंदलाइ बाढ्दै कर्णालीको समृद्धिका लागि हातेमालो गर्ने उनको भनाई छ ।
मञ्चले तिनै तहका सरकार बिच समन्वयमा पनि सहयोग गर्ने उद्देश रहेको रावलले जानकारी दिए ।
त्यस्तै सदस्यहरूमा करवीर शाही, राजु नेपाली, पद्मीक्वारी बोहोरा, रातो कामी, झोवा विक र नन्दसिंह बुढा रहेका छन।यो मञ्च मुलुकमै पहिलो पटक कर्णाली प्रदेशका गठन गरिएको हो।
ए.के. सञ्चार । १० फाल्गुन २०७९, बुधबार १८:०१