सत्ता प्राप्तिको लागि रर्‍याल चुहाउने र ढोका ढकढकाउने प्रवृत्तिमा म छैन: झलनाथ खनाल

सुर्खेत। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता प्राप्त गर्नका लागि खास पार्टीहरू त्यसैलाई केन्द्रबिन्दु बनाएर हिडेको बताएका छन् । आइतबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता प्राप्तिको लागि रयाल चुहाउने र ढोका ढकढकाउने हिँड्ने प्रवृत्तिमा आफू भनेको धारणा राखेका छन् ।

उनले भने, मेरो चर्चा गर्छन्, मेरो कारणले चर्चा भएको छैन । म त्यो चर्चाका निम्ति मरिमेडि हिडेको छैन । यदि पार्टीहरूले सहमति गरे भने प्रस्ताव राखे भने राष्ट्रपतिमा बिचार गर्न सकिन्छ ।, नेता खनालले वामपन्थीहरूका बिचमा एकता हुन् आवश्यक रहेको बताए । सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा जम्मा भएमा मात्र परिवर्तन हुन सक्ने भनाइ राखे । उनीहरु भित्र वामपन्थ नभएर दक्षिणपन्थी रहेको नेता खनालले भने । सत्तारूढ दलका तिन वटा पार्टीले मोर्चा बनाउने सल्लाह भनेको जनाए ।

यदि, हाम्रो पार्टीका कार्यदिशा नीति, सिद्धान्त, लक्ष्य र कार्यक्रम मिले भने हामी कुनै पनि पार्टीसँग एकीकरण गर्ने बताए । बामहरूको बिचमा मोर्चाबन्दी बनाएर जाऊँ भन्ने कुराहरूमा सधैँ भरि हाम्रो पार्टी खुल्ला रहेको जानकारी दिए । उनले भने, म बाहिर हुँदा केही दिन अगाडि सचिवालयको बैठकमा ४ घण्टा भेटघाट भएको हो तर राष्ट्रपतिको प्रस्ताव भने नआएको खबर सुनेको थिए ।, सत्तामा बढी मोह भएका मान्छेहरू लागि रहेको छन् । वर्तमान गठबन्धनमा सामान्य फेरबदल हुने हुने नेता खनालले भने ।,