
सुर्खेत । सुर्खेतमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।
मंगलबार वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदीमा पहिचान खुल्न नसकेका युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिएका छन् ।
अन्दाजी ३२/३३ बर्षीया युवाकाे घाटिकाे अगाडिबाट रेडिएकाे अवस्थामा फेला परेकाे शाहीले बताए ।

शाहीका अनुसार उक्त शवको पहिचान खुल्न सकेको छैन । घटनाका बारेमा कुकुरकाे टाेलि सहित अनुसन्धान भई रहेका शाहीले जनाएका छन् ।

प्रकाशित मिति : २०७९ फागुन ३० गते मंगलबार