सुर्खेत । वीरेन्द्रनगरमा जल ऊर्जा, खाद्य, इकोसिस्टम (वन, जैविक विविधता) अन्तरसम्बध सम्बन्धी प्रदेश स्तरीय संवाद भएको छ । बिहीबार सामुदायिक उपभोक्ता महासंघको आयोजना, अन्तराष्ट्रिय संस्थाको समन्वय (आइ डब्लु यामआइ इमी) र नेपाल सरकारको सहजिकरणमा संवाद भएको हो ।
उक्त संवाद कार्यक्रममा जल, ऊर्जा खाद्य, इकोसिस्टम (वन, जैविक विविधता) अन्तरसम्बध अवधारणा सम्बन्धि बुझाईको विकास गर्न र जल, ऊर्जा खाद्य, इकोसिस्टम (वन, जैविक विविधता) क्षेत्रका सरोकारवालाहरुबीच एकीकृत र समावेशी तरिकामा जल–उर्जा, खाद्य, इकोसिस्टक (वन, जैविक विविधता) अन्तरसम्बन्ध प्रणालीहरुको व्यवस्थापन गर्ने लगायतका उद्देश्यहरुमा छलफल संवाद भएको थियो ।
यस्तै, वन वातावरण कृषिको परिस्थितीको चक्रमा पारेको प्रभाव, नागरिकको जिवनस्थर सुधारका गरिने पहल, अहिलेको विजुली उत्पादनको उपल्बधी, वन र बन्यजन्तुले मध्यवति क्षेत्रमा भएको असर, वहुसरकार वनलाई उत्पादन र नागरिकको जिवनसँग कसरी जोड्ने भन्ने विषयमा छलफल भएको थियो ।
संवादमा सहभागी कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले कर्णाली प्रदेश सरकारले प्रदेश वन सम्बन्धी ऐन बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘केही मापदण्ड बनेका छन्, यसको पुर्नरावलकन, संसोधन र नयाँ सामुदायिकमा आर्यआजनको कार्यक्रमको संचालनका लागि ऐन, नियम, कानून निमार्णका लागि यो कार्यक्रमले मार्गदशन दिएको छ।’
यस्तै, सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेश सचिवालय सदस्य पुष्पराज गिरीले जल ऊर्जा, खाद्य, इकोसिस्टम (वन, जैविक विविधता) सम्बन्धीे स्थानीय तह, प्रदेश र संघ सरकारमा बन्ने कानूनहरु एकीकृत रुपमा जोडेर आर्थिक विकास, गरिबी निवारणमा टेवा पुग्ने बताए।
उनले यस्ता नियमहरु समय अनुसार बन्नुपर्न र माथिल्लो तहमा बन्ने नितीहरुमा एकरुपता ल्याउन र तल्लो स्थरसम्ममा एकरुपता ःल्याउन सहकार्य गर्न सकिन्छ भन्ने विषयमा संवाद भएका गिरीले बताए।
उक्त कार्यक्रमममा स्थानीय, प्रदेश संघ, प्रदेश सभाका पूर्व सदस्य, सामुदायिक उपभोक्ता समिति, किसान महासंघ लगायतको उपस्थिति रहेको थियो ।
ए.के. सञ्चार । १६ चैत्र २०७९, बिहीबार २०:०१