कर्णाली उत्सवकाे पाँचौ संस्करण भाेलिदेखि सुरु हुदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘कर्णाली उत्सव’ ‘कुडा कर्नालीका’ पाँचौं संस्करण शनिबार देखि सुरु हुने भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिन संचालन चल्ने ‘कुडा कर्नालीका’  नाराका साथ उत्सव हुन लागेको हो ।

उत्सवलाई विचारको उत्सवका रुपमा लिइने गरिएको छ । शनिबार उत्सव सञ्चालन गर्दै आएको ऋति फाउन्डेसनका संयोजक कमल लम्सालले उत्सवमा `इपिसेन्टर, संकट र सेवा, जाेखिम र जुइन्या जुक्ति, कर्णाली धराेहर-मनाेहर, लगानीकाे लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, अपाङ्गता पहुँच र पाैरख, हाम्माे काली, हाम्मै कर्नाली, अन्तरजातीय विवाह रहर र कहर, अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली, लाेकतन्त्र दलभित्र- देशभित्र, देश जान्या, समाज र संघर्ष, खस कुडा- खास कुडा साैँराई जिन्नगीकाे र विकास अन्या, विकास खान्या गरी १६ वटा सत्र रहने जानकारी दिए । जसमा ३ वटा पैकेलाे, ४ वटा टिप्पणी र ३ वटा सांगीतिक साँझ राखिएका छन् ।

उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरुसँग खुल्ला छलफल, विभिन्न सफलताका कथा (पैकला), संस्कृती झल्काउने कार्यक्रमहरु, कर्णालीका पहिचान लगायतका विषयमा छलफल र प्रदर्शनी हुने कर्णाली लम्सालले बताए ।

कर्णाली उत्सव फागुन ५, ६, र ७ गतेसम्म सञ्चालनमा रहने छ । सो उत्सवमा यस वर्ष ६३ वक्ता रहनेछन् भने १८ जना सहजकर्ता रहेका छन् । कर्णाली उत्सवलाई सञ्चालन गर्न ५०/६० लाख खर्च लाग्ने अनुमान गरेको आयोजकले जनाएको छ । शनिबार भोलि बिहान वीरेन्द्रनगरदेखि साइकल र्याली हुने जनाइएको छ । उक्त उत्सव उद्धघाटन प्रदेश प्रमुख तिलक परियारले गर्ने छन् ।

यस वर्षकाे उत्सवमा भने अघिल्लो संस्करण भन्दा धेरै पाचौं संस्करणमा देश विदेशबाट विशिष्ट व्यक्ति, साहित्यकार, लेखक, पत्रकार, कलाकारहरुकाे उपस्थिति रहने आयोजले जनाएको छ । पाचौं संस्करणमा भने विपतकाे सवाललाई महत्त्वपूर्ण रुपमा समेटेकाे लम्सालकाे भनाइ छ ।

कर्णाली उत्सवले कर्णालीको भाषा, साहित्य, संस्कृति र कलामा मात्र सिमित नभएर यहाँको सम्मृद्ध कर्णालीको सार्थक सपनाहरुको बारेमा बहस गर्दै आएको छ । कर्णाली उत्सव, कुडा कर्नालीका २०७६ साल फागुनबाट सुरु भएको हो ।