सुर्खेत । सुर्खेतमा हावाहुरीसँगै परेको असिना पानीले किसानले लगाएकाे हिउँदेबाली नष्ट गरेको छ । सुर्खेतका विभिन्न पालिकाका साथै वीरेन्द्रनगरका ५,१२,१३,६, ७,९ वडा लगायतका ठाउँमा बाली सखाप बनाएको हाे ।
शनिबार दिउँसो परेकाे असिना पानीले गहुँ, मकै, जौ, साग लगायत हिउँदेबाली नष्ट गरेको छ ।
खेतमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको वीरेन्द्रनगर-१२ का किसान टेकबहादुर थापाले बताए ।
पाकेकाे गहुँ भित्राउने बेलामा असिना पानीले सखापै पारिदियो’ थापाले भने, ‘हावाले पनि घरका छत क्षति पुराएकाे छ ।`
ए.के. सञ्चार । १७ चैत्र २०८०, शनिबार १७:३८