खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

सुर्खेत । रुकुमको रम्मा खहरे खोलामा आएको बाढीले मोटरसाइल बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का ५० वर्षीय सर्जन पुन र वडा नम्वर ६ की ३३ निर्मला थापा केसीको छन्।

गएराति मुसिकोट नगरपालिका– ६ र ७ सिमानामा रहेको रम्मा खोलामा आएको बाढीले उनीहरूलाई मोटरसाइकलसहित बगाएको थियो।

खहरे खोलाले मोटरसाइलसहित बगाउदा दुवैको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताए ।

नगरपालिकाको वडा नम्बर ७ स्थित साँखबाट मासु लिएर वडा नम्बर ६ को कानेवाङतर्फ जाने क्रममा खहरे खोलाले बगाउँदा मृत्यु भएको हो।