बालविवाह उन्मूलन गर्न सामाजिक चेतना महत्वपूर्ण छ: मुख्यमन्त्री कँडेल

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालविवाह उन्मून गर्न सामाजिक चेतना महत्वपूर्ण हुने बताएका छन् ।

बालविवाह न्यूनिकरणमा असल अभ्यासको अनुसरण गर्ने उदेश्यले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कडेलले कानूनले निषेधित गरेर मात्र  बालविवाह उन्मूलन गर्न नसकिने भएकोले समाजमा रहेको अन्ध विश्वास र  कुरिती हटाउन सबैले आफनो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।

समाजमा रहेको अशिक्षा र पछौटेपनका कारण पनि बालविवाह न्यूनिकरणमा समस्या परेको चर्चा गर्दे मुख्यमन्त्री कँडेलले विगतमा भन्दा अहिले वाल विवाहमा सुधार आएको भए पनि आगामी दिनमा बाल विवाह न्यूनिकरण हुने गरी काम गर्न सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने राखे ।

रितिरिवाजको नाममा कतिपय समुदायहरूमा कानुन भन्दा पनि बलिया  परम्पराहरु भन्दै यस्ता हानिकारक परम्पराहरु ह्टाउने गरि लाग्न मुख्यमन्त्री कडेलले सरोकारवाला सबैमो आग्रह समेत गरे ।

कर्णालीलाई छाउपडी, बालविवाह जस्ता हानिकारण सामाजिक कुरितीबाट मुक्त गर्न प्रदेश सरकारले आफनो वार्षिक नीति  तथा कार्यक्रममा बजेटसमेत विनियोजन गरेको बताउँदै मुख्यमन्त्री कँडेलले त्यस्ता हानिकारक कुरिती उन्मूलनमा लाग्ने  स्थानीय तहलाई सरकारले प्रोत्साहन गर्ने जानकारी समेत दिए ।

बालविबाह सम्बन्धी प्रदेशभर भइरहेका असल अभ्यासको अनुभव आदान प्रदानले आगामी दिनमा बालबिवाह न्यूनिकरणमा सघाउन पुग्ने मुख्यमन्त्री कँडेलकाे विश्वास थियो ।