२०८२ भदौ २८ , शनिबार

तीज हरितालिका सद्भावना मेला २०८२ सम्पन्न, उत्कृष्ट समूह र कलाकारलाई सम्मान




सुर्खेत । बागीना समूह सुर्खेतको आयोजना तथा सासा र ज्ञानोद्वोयको सहकार्यमा तीज हरितालिका सद्भावना मेला २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

मंगलबार हरितालिका तीजकाे अवसरमा वीरेन्द्रनगरकाे खुल्ला मञ्चमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आथित्यता थियो भने सिता भण्डारीकाे अध्यक्षकतामा कार्यक्रम सम्पन्न भएको हाे ।

साेहि मेलामा विभिन्न समुहहरुकाे प्रतिस्पर्धा थियो । जसमा वीरेन्द्रनगर नगरपालिका -६ काे काञ्जिराेवा समूह नृत्य प्रथम, वीरेन्द्रनगर नगरपालिका -८ जागृति टाेल द्वितीय, लालुपाते समूह तृतीय भएका छन् । साथै, वीरेन्द्रनगर नगरपालिका -१० बाल नृत्य प्रिती विक उत्कृष्ट, जेष्ठ नागरिक प्रशान्ति वृद्धाश्रम उत्कृष्ट, अञ्जना खड्का समूह उत्कृष्ट गायन र कृष्ण मन्दिर समूह वाद्यवादन उत्कृष्ट घोषित भएका छन्।

यसै अवसरमा बागीना समूहमा निरन्तर योगदान पुर्‍याएका तीन जना कलाकारलाई पनि सम्मान गरिएको छ। नाट्य विधाबाट सुशिला बस्नेत, नृत्य विधाबाट बिमला सिजाली र गीत संगीत विधाबाट सुनिता रोकाय सम्मानित भएका हुन्।

आयोजक समितिका अनुसार मेलाले महिलाबीच आपसी सद्भाव, सांस्कृतिक झलकको संरक्षण र सामुदायिक एकताको सन्देश फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार