सुर्खेत । वीरेन्द्रनगर सुर्खेतका ११ वटा वडाहरूमा एमालेको सर्वसम्मत नेतृत्व चयन गरिएको छ । विभिन्न कार्यक्रम गर्दै यी वडाहरुमा अधिवेशन सम्पन्न गरिएको हो । जस अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा हरी पौडेल, २ मा लालसिंह सुनार, ४ नवराज कँडेल, ५ बासु आचार्य, ६ चक्र खड्का , ७ मा खड्ग दर्लामी, ८ मा देवी पौडेल, ९ मा धनबहादुर सलामीलाई चयन गरिएको छ ।
यस्तै १२ नम्बर वडाको अध्यक्षमा चूडामणि चपाइँ, १३ मा बासुदेव पौडेल र १४ मा नवराज रोकाय अध्यक्ष बनेका छन् ।
अब, ३, १०, १५ र १६ वडाको भने बाँकी रहेको एमालेका नेतृ तथा वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले जानकारी दिइन् ।
ए.के. सञ्चार । ९ कार्तिक २०७८, मंगलवार १९:५८