चौकुनेमा बन रक्षक मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित बिजौरा पोष्टका बन रक्षक मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदम बहादुर विष्टले बताए ।

चौकुने गाउँपालिका–४ स्थित भुडेभाबरमा रहेको कुलु कर्णाली सामुदायिक बनका अध्यक्ष गंगाराम बिसीको घरमा उनी मृत भेटिएका हुन् ।

शनिवार (हिजाे) साँझ बिसीको घरमा बास बस्न गएका आचार्यले मदिरा सेवन गरेका थिए । बिहान मृत अवस्थामा भेटिएपछि बिसीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागी अस्पताल पठाइएको र घटनाबारे छानबिन भइरहेको एसपी विष्टले बताए ।