पश्चिम सुर्खेतले विकासमा परिणाममूखी नतिजा पाउँदैछ: मन्त्री बुढाक्षेत्री

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले पश्चिम सुर्खेतले विकासमा परिणाममूखी नतिजा ल्याउन थालेको बताएका छन् ।

मन्त्रीनियुक्त भएपछि पश्चिमका नागरिकहरुसँग विकास निर्माण बारे जानकारी दिन पुगेका उनले यस्तो बताएका हुन् । पश्चिम सुर्खेत विकासका दृष्टिकोणले पिछडीएको भन्दै उनले शिक्षा, स्वास्थ्य, सडक, विद्युत, यातायात र खानेपानीमा पश्चिम सुर्खेतलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताए ।

‘पश्चिम सुर्खेतले अहिले विकासमा परिणाममूखी नतिजा ल्याएको छ । अब विस्तारै यहाँका नागरिकहरुले झेल्नुपर्ने समस्याहरुको अन्त्य हुनेछ,’मन्त्री बुढाक्षेत्रीले भने, ‘बड्डीचौर —बेनीघाट सडको विभिन्न खण्डगरी काम सुरु भएको छ ।

बड्डीचौर —खम्बागाडे पहिलो चरणमा अहिले २२ कराेड रुपैयाँको टेण्डरको सुचना भएको छ । बहुवर्षे आयोजनामा समेटिएको यो सडकको जम्मा लागत ८३ करोडको हो ।’

एनले सुचना प्रकाशित भएपछि ठेकेदारले टेण्डर हालेपछि तत्कालै काम सुरु हुने भएकोले नागरिकहरुलाई गुणस्तरीय काममा निगरानी बढाउन सुझाव दिए ।

शिक्षामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विभिन्न विद्यालयहरुलाई भौत्तिक निर्माण र नमुना विद्यालयका रुपमा छनोट गरी बजेटको व्यवस्था गरेकोले आयोजनालाई दिगोपनासहित सम्पन्न गर्न मन्त्री बुढाक्षेत्रीले अनुरोध गरे ।

अबका दिनमा युवाहरुलाई खेलकुद र सीप विकासका लागि मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने भएकोले त्यसलाई युवाहरुले पनि नतिजा देखिने गरी सदुपयोग गर्न उनले निर्देशन दिए ।

‘पश्चिम सुर्खेतका थुप्रै विद्यालयका भौत्तिक संरचना, नमुना विद्यालय र स्वास्थ्य केन्द्रका लागि बजेट विनियोजन गरिएको छ,’मन्त्री बुढाक्षेत्रीले भने, ‘यी आयोजनालाई दिगोपना, पारदर्शिताका साथ सम्पन्न गर्नुहोस् । म मेरो मन्त्रालय र कर्णाली प्रदेश सरकारको प्रतिनिधिका हैसियतले अझै सकदो सहयोग गर्नेछु ।’ अब लास बोकेर वीरेन्द्रनगर जानुपदैन,।
सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले पश्चिममा आत्महत्या जस्ता घटना घटेको खण्डमा पोष्टमार्टमका लागि १५÷२० हजार रुपैयाँ खर्च गरेर राजधानी वीरेन्द्रनगरसम्म पु¥याउनुपर्ने बाध्यता हट्ने बताए । उनले त्यसका लागि प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा पोष्टमार्टम भवनका लागि बजेट विनियाेजन गरिएको छ ।

‘अब आत्महत्याजस्त घटना घटेपछि पैसा खर्च गरेर वीरेन्द्रनगरसम्म शव लिएर जानुपर्दैन,’मन्त्री बुढाक्षेत्रीले भने, ‘सालकोटमै निशुल्क पोष्टमार्टम सेवा उपलब्ध हुनेछ । त्यसका लागि २५ लाखको भवन बन्दैछ, स्वास्थ्यकर्मीले पनि आवश्यक तालिम लिइसकेका छन् ।’

महिनामा दुई पटक विभिन्न रोगका विशेषज्ञ डाक्टरहरु प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आउने कुरा पनि सामाजिक विकास मन्त्रालयको पहलमा भएको भन्दै दाँत लगायत अन्य रोगका विषेशज्ञ डाक्टरहरुबाट समेत सालकोटमै उपचार गर्न सकिने बताए ।

मन्त्री बुढाक्षेत्रीले कोरोनाका विभिन्न लहरहरुलाई मध्यनजर गर्दै त्यसको रोकथामका लागि पञ्चपुरी—९ जामुमा होल्डिङ सेन्टरको स्थापना गरेको बताए ।

मन्त्री बुढाक्षेत्रीले विगतदेखि रोग, भोग, यातायात, विद्युत र अशिक्षाले पिछडिएको पश्चिमीक्षेत्रको विकासका लागि सदैव आफु तयार रहेको भन्दै स्थानीयस्तरमा हुने विकास निर्माणका काममा नागरिकहरुले समेत निगरानी गरी त्यसलाई प्रभावकारी बनाउने सुझाव दिए ।