२०८२ कात्तिक १८ , मंगलबार

होलीमा इच्छा विपरीत रंग नदल्न सुर्खेत प्रशासनकाे अनुरोध




सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होली पर्वमा कसैलाई पनि इच्छा विपरीत रंग नदल्न अनुरोध गरेको छ । बुधबार एक सुचना जारी गर्दै प्रशासनले यस्तो अनुरोध गरेको हो ।

प्रशासनले जारी गरेको सुचनामा भनिएको छ, ‘रंगको माध्यमबाट एकअर्कामा खुसी साटासाट गर्ने फागु पर्व होली निकट आइसकेको सन्दर्भमा उक्त पर्व मनाउने क्रममा इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर फोहोर पानी रासायनिक पदार्थ छ्याप्ने, धार्मिक तथा साँस्कृति मूल्य मान्यतामाथि आँच पु¥याउने जस्ता अराजक कार्यहरू नर्गन÷नगराउन हुन अनरोध छ ।

यस्तै, प्रशासनले माथि उल्लेखित तथा कानून विपरीत कार्यहरू गरेका वा गराइएको पाइएमा कानून बमोजिम कारवाही गरिने जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत २ गते बुधबार