एमाले सुर्खेतको प्रचार भेला सुरु

सुर्खेत । नेकपा एमाले सुर्खेतको प्रचार भेला सुरु भएको छ । नेकपा एमालेले सुर्खेतले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तह निर्वाचन केन्द्रित प्रचार भेला आयोजना गरेको हो । भेलामा नेकपा एमाले केन्द्रीय प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालको प्रमुख आतिथ्यता रहेको छ ।

आसन्न निर्वाचनमा पार्टीलाई विजयी गराउन प्रचार रणनीति तयार गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । उनले जिल्लाका नौ वटै पालिकामा प्रचार विभाग गठन गरेर चुनाव प्रचारलाई व्यवस्थित बनाएर अगाडि बढेको बताए ।

गठबन्धन भन्दा महागठबन्धन आए पनि एमाले त्यसको सामना गर्न तयार रहेको उनको प्रस्टोक्ती छ । भेलामा एमाले प्रदेश कमिटीका सदस्य, एमाले जिल्ला अध्यक्ष अमृत विसी तथा पदाधिकारी, विभिन्न तहका नेता तथा एमाले निकट प्रेस चौतारी निकट पत्रकारहरुको सहभागिता रहेको छ ।