कांग्रेस जोगाउनका लागि स्वतन्त्र उम्मेदवारी दिएको हो –जगन्नाथ पौडेल

काठमाडौं । आज सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन्। भेटमा वरिष्ठ नेता पौडेलले उम्मेदवारी निस्क्रिय बनाएर गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । स्वतन्त्र उम्मेदवार पोडेलले भने आफू गठबन्धनको विपक्षमा रहेकाले कांग्रेस जोगाउनका लागि उम्मेदवारी दिएको बताए। उनले आफूले कुनै हालतमा उम्मेदवारी निस्क्रिय नबनाउने जवाफ दिएका छन् ।

भरतपुरस्थित सिराइचुली होटलमा भएको भेटमा वरिष्ठ नेता पौडेलले सत्ता गठबन्धनको आवश्यकताको विषयमा ब्रिफिङ गरे पनि स्वतन्त्र उम्मेदवार पौडेलले आफूलाई कांग्रेसले कारबाही गरिसकेको र आफ्नो उम्मेदवारी पार्टीबाट नभएर स्वतन्त्र भएकाले निस्क्रिय नहुने जवाफ दिएका छन्।