मुख्यमन्त्रालयका उपसचिव कार्कीले वडा अध्यक्ष माथि हातपात

सुर्खेत ।  कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नेत्रबहादुर कार्कीले वीरेन्द्रनगर नगरपालिका-३ का वडा अध्यक्ष विनाेद सिंह बिष्टलाई हातपात गरेका छन् ।

शनिवार बिहान ७ बजे देखि ११ बजेसम्म सडक निर्माण गर्दै गर्दा अध्यक्ष विष्टलाई उपसचिव कार्कीले हातपात गरेका हुन् ।

कार्कीले सडककाे आधा मिटर लगतकट्टा च्यापेर पर्खाल लगाएकाे हुँदा नियम अनुसार पर्खाल भत्काउन खाेज्दा कार्कीले नमानेर हातपात गरेकाे अध्यक्ष विष्टले जानकारी दिए ।

उपसचिव कार्कीकाे भनाई उद्वित गर्दै भने, अध्यक्ष विष्टले भने,` पेलेर बनाउनु पर्याे भनेपछि, सर हैन तपाइँले यति वाल जान्छ भनेर सम्झाए, हेरिराछु, बुझिराछु भनेर म केही बाेलिन ।  `म´ वडा अध्यक्ष हाे सर भनेर भने, त वडा अध्यक्ष भए के भयाे त म मन्त्री चलाउछु । तपाईं मन्त्री चलाउनुस हाेला सर आफ्नाे ठाउँमा छ ।  काम त गराैन, सबै गरिब दुखिका पसिनाले तिरेकाे करले आएकाे बजेट हाे । काम गरम तपाईंहरु लागि गरेकाे हाे त हाे मेराे घर अगाडिकाे बाटाे त बनाएकाे हैन् ।,

(भिडिओ)

https://fb.watch/j3JELEdo8e/