११ बजेदेखि सुर्खेतको वीरेन्द्रनगरमा मतगणना सुरु हुने

सुर्खेत । मतदान सकिए लगतै देशभर मतगणना जारी छ । त्यस्तै आज बिहान ११ बजेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मतगणना सुरु हुने भएको छ । शुक्रबार राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भए पनि सर्वदलीय बैठक बस्न सकेको थिएन ।

आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।  १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्।मतगणना वीरेन्द्रनगरको सिटी हलमा हुने बताइएको छ । वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन् ।