सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादीका खड्ग विक ५ हजार ४७६ मत सहित विजयी भएका छन् । उनका निकटतम् प्रत्यासी नेकपा एमालेका हरि अधिकारीले तीन हजार ४१४ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार रत्नाकुमारी बिसीले २९१ मत पाइन् ।
त्यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्तोला ४ हजार ७९१ मत सहित निर्वाचित भएका छन् । नेकपा एमालेकी निर्मला मगरले ३ हजार ९ मत ल्याएर दोस्रो भइन् । एकीकृत समाजवादीका नाराप्रसाद देवकोटाले भने ७१५ मत प्राप्त गरेका छन् ।
ए.के. सञ्चार । ५ जेष्ठ २०७९, बिहीबार १३:५९