सञ्जालका सदस्यहरुलाई मानवअधिकार संयन्त्रवारे तालिम

सुर्खेत । दलित महिला संघ सुर्खेतले नेपालमा दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजनाको आयोजनामा सामूहिक कार्यगत संजालका सदस्यहरुलाई अन्तर्राष्ट्रिय मानवअधिकार संयन्त्रवारे क्षमता विकास तालिम दिइएको छ । बुधवारदेखि सुरु भएको तालिम शुक्रवार सम्पन्न हुनेछ ।


तालिमका सहभागीहरुलाई संयुक्त राष्ट्रय संघ मानअधिकार प्रणाली, दलित महिलाहरुमा हुने हिंसा र भेदभावमुक्त जीवन अधिकारको रक्षा गर्न राष्ट्रिय दायित्ववारे सचेत गराउने उद्धेश्य रहेको छ ।

अधिकारकर्मी मधुरानी ढकाको प्रमुख सहजीकरण हुने तालिममा अन्तर्राष्ट्रिय मानवअधिकार संयन्त्रहरुको, विश्वव्यापी मानवअधिकार घोषणापत्रमा गरिएका व्यवस्थाहरु, महिला विरुद्धका सवै प्रकारका भेदभाव उन्मूल गर्ने सम्वन्धी महासन्धि, नेपालको संविधामा मौलिकि हक अन्तर्गत गरिएका कानुनी व्यवस्थाहरु, दलित ऐन र संशोधित ऐनमा भएका व्यवस्थहरु, लैंगिकतामा आधारित हिंसा, यसका विरुद्ध कानुनी व्यवस्थालगायतका वारेमा सहजीकरण गरिने दलित महिला संघका कार्यक्रम संयोजक खगिसरा वलीले बताइन् ।

वीरेन्द्रनगर नगरपालिकामा गठन गरिएको कार्यगत संजालका २५ जना सदस्यहरु सहभागी रहेको तालिममा कार्यक्रम संयोजक वलीसहित दलित महिला संघका कार्यक्रम प्रदेश संयोजक सीता नेपालीले पनि सहजीकरण गर्ने बताइएको छ । यसअघि भेरीगंगा नगरपालिकामा पनि गठन गरिएको कार्यगत संजालका २५ जना सदस्यहरुलाई सो तालिम दिइसकिएको छ ।