निषेधाज्ञाले सुनसान कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत (फोटो फिचर)

 

सुर्खेत । कोरोना संक्रमितको संख्या बढदै गएपछि सुर्खेतमा निषेधाज्ञा जारी रहेको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख ३१ गतेदेखि जेठ १५ गते राती १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा थपेको हो । निषेधाज्ञाको कारण कर्णाली राजधानी सुनसान छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन छन् ।