भारतमा कक्षा १२ को बोर्ड परिक्षा रद्द

भारतले कक्षा १२ को बोर्ड परिक्षा रद्द गरेको छ । कोरोना महामारीका कारण केन्द्रीय माध्यमिक शिक्षा परीक्षा बोर्ड (सीबीएसई) अन्तर्गत रहेको कक्षा १२ को परिक्षा रद्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आन्तरिक क्रियाकलापका आधारमा २० नम्बर र यस अघि विद्यालयले लिएका परीक्षाको आधारमा ८० अङ्क पाउने गरी मूल्याङ्कन गर्ने व्यवस्था गरेर यस वर्षको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले बताए ।

भारतमा कक्षा १० को परीक्षा यस अघि नै स्थगित भइसकेको छ । कक्षा १२ पछि क्याम्पस अध्ययनका लागि भर्ना हुने समय हुन लागेकोले आन्तरिक मुल्याङ्कनबाटै नतिजा प्रकाशन गर्ने गरी परीक्षा स्थगित गरेको मन्त्री निशंकको भनाइ छ ।