डोटीमा पहिरोमा पुरिएका एक जनाको ज्यान गयो, दुई जना घाइते 


डोटी – डोटीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । केआईसिंह गाउँपालिका–३ बासुदेवी देउकाँडाका ६५ वर्षका खडकबहादुर बमको ज्यान गएको प्रहरीले जनाएको छ ।

गाउँका धारापानीमा खानेपानी बन्द भएपछि मर्मतका लागि मुहानमा गएका बेला उहाँलाई पहिरोले पुरेको हो । बमसँगै गएका १३ वर्षकी पुनी कुँवर र १६ वर्षकी पुजा कुँवर घाइते भएका छन् । उनीहरुको उपचारको लागि दिपायल लगिएको प्रहरीले जनाएको छ ।