गोरखामा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

काठमाडौं । गोरखामा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका ७ उपल्लो गोहारेमा पहिरोले घर पुरिँदा च्यापिएर दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डे रहेका छन् । उनीहरुको शुक्रबार माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको हो । पहिरोले पुरिएका दम्पतीको शव ४ घण्टापछि निकालिएको जनाइएको छ ।