पछिल्लो २४ घण्टामा भारतमा ४४ हजार कोरोना संक्रमण, ७३८ जनाको मृत्यु

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा ४४ हजार १ सय ११ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यस्तै, ५७ हजार ४७७ जना संक्रमण मुक्त भएका छन् । यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ९५ हजार ५३३ पुगेको छ ।

यस्तै, संक्रमणका कारण थप ७३८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४ लाख १ हजार ५० जनाको मृत्यु भइसकेको छ।