फोटो पत्रकारलाई लाठी प्रहार गर्ने प्रहरीमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघको माग

काठमाडौं । फोटो पत्रकार निमेषजङ्ग राईमािथ लाठी प्रहार गरेको घटनामा संलग्न प्रहरीमाथि छानविन गरी कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै फोटो पत्रकार राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनामा संलग्न प्रहरीमाथि छानविन गरी कारबाही गर्न माग गरेको हो ।