नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश

काठमाण्डौ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेताहरू निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदनमा आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायत नेताहरू आयोग पुगेका हुन् ।

उनीहरुले अस्ति महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै कारबाही फिर्ता गर्नुपर्ने माग गर्दै आयोगमा निवेदन दिएका थिए । माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लायतलाई कारबाही गरेको थियो ।