थप १ हजार ८०१ जनामा कोभिड संक्रमण, पुष्टि, २३ को मृत्यु

काठमाडौँ । नेपालमा आइतबार आज थप १ हजार ८ सय १ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ६ सय २८ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परीक्षणका क्रममा ५७८ जनामा कोभिड पुष्टि भएको हो

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ३४ लाख ६९ हजार ६८५ वटा पीसीआर र २ लाख ६२ हजार ८३१ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको हो ।