सुनिताको तिज गीत ‘मेरो नाचो’ सार्वजनिक (भिडियो)

सुर्खेत । प्रकाश शाहिको मेरो नाचो तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा पछिल्लो समयकि लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको गीतमा शब्द तथा संङ्गीत प्रकाश शाहिको रहेको छ भने एरेन्ज बिपिन आचार्यले गरेका छन् ।

मनमा जति पिर व्यथा भए पनि मनको रहर कोही कसैले रोक्न सकिन्न भन्ने कुरा गीतमा देखाउन खोजिएको छ । उक्त गीतको छायाङ्कन अर्जुन सापकोटाले गरेका छन् ।

सो म्युजिक भिडियोलाई चन्द्र मन्दिरले निर्देशन गरेका हुने भने गीतमा निर्मल प्याकुरेलले सम्पादन गरेका हुन् । उक्त भिडियोको निर्माता ज्योति पौडेल (शाहि) रहेकी छन् ।

यस म्युजिक भिडियोमा सुधा कार्की, बिनम कँडेल, ममता खडलुक, जानकी शाहि, लक्ष्मी शाहि, भूमिका खड्काको बेजोड अभिनय रहेको छ । यस भिडियोको कोरियोग्राफर सीता भण्डारीले गरेकी छन् ।

यस्तै म्युजिक भिडियोको सम्पादन निर्मल प्याकुरेल गरेका छन् भने ड्रेस, मेकअप इन्द्र जित खड्काले गरेका हुन् । प्रकाश शाहि युट्ब च्यानल बाट भिडियो सार्वजनिक भएको छ ।