थप २ हजार २ सय ३७ जनामा कोरोना सङ्क्रमण, १८ जनाको मृत्यु

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा सो सङ्ख्याका सङ्क्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७ सय १३ पुगेको छ।