पोखरा महानगरको मतगणना दिउँसो २ बजेदेखि

  ।   ३१ बैशाख २०७९, शनिबार १२:३५

काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसो २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेद्वारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नुपर्नेछ । साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

 

Next Post

तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्र अगाडि

३१ बैशाख २०७९, शनिबार १२:३५
काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्र अगाडि देखिएको छ । स्थानीय तह निर्वाचनमा बन्दीपुर माओवादीले तनहुँमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको एक मात्र पालिका हो । यसपटक यहाँ माओवादीको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार पुरानै दोहोरिएका छन् । वडा नम्बर १ र ४ को एक हजार २०० मतगणना हुदाँसम्म अध्यक्ष […]