कर्णाली नदीमा मिनी ट्रक खस्दा दुई जनाको ज्यान गयो

सुर्खेत । जुम्ला जाँदै गरेको मिनी ट्रक कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । कर्णाली राजमार्गको राकम–मान्म सडक खण्डको शुभाकालिका गाउँपालिकाको एस मोडबाट कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको हो ।

नेपालगञ्जबाट जुम्ला जाँदै गरेको मिनी ट्रक सडकबाट झण्डै तीन सय मिटर तल कर्णाली नदीमा खसेको पुष्टी जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहले गरेका छन् । दुर्घटनमा ठेगाना पुष्टी नभएका चालक दिपक साउद र सहचाल बाजुरा घर भएका वर्ष ३२ का रमेशबहादुर शाही रहेको डिएसपी शाहले जानकारी दिए ।

उनकाअनुसार राकम कर्णालीमा ईन्ट्री भएको गाडी नम्बर अनुसार उनीहरुको पहिचान भएको र थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर शव निकालिरहेको उनको भनाई छ । दुर्घटनाको कारण भने खुलेको छैन् ।