केपी ओलीले तेस्रो पटक लिए प्रधानमन्त्री पदको शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार (आज)  राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । एमाले अध्यक्षसमेत रहेका ओली बिहीबार साँझ ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा पुनः नियुक्त भएका थिए ।

२७ वैशाखमा प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिन नसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । उनी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको गठबन्धन सरकार बनाउन तीन दिनको समय दिएकी थिइन् ।

तर, राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि प्रधानमन्त्रीको दाबी नै पेस नगरेपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदको ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका थिए ।