२४ घण्टामा ३,७२९ जनामा संक्रमण, २५ जनाको मृत्‍यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४९३ पीसीआर परीक्षण गर्दा २,४३० जना र ६,१८२ एन्टिजेन परीक्षण गर्दा १,२ ९९ गरी ३,७२९ जनामा संक्रमण पुष्टि भएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १,८८५ जना संक्रमणमुक्त भएमा छन् ।

नेपालमा संक्रमितको कुल संख्या ७ लाख १०५०९ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।