स्विटजरल्याण्ड्लाई हराउँदै इटाली युरोकप फुबटलको नक आउट चरणममा प्रवेश

एजेन्सी । स्विटजरल्याण्ड्लाई हराउँदै इटाली युरोकप फुबटलको नक आउट चरणमा प्रवेश गरेको छ ।

इटालीको रोममा गएराति भएको समुह चरणको दोस्रो खेलमा घरेलु टोलीले स्विटजरल्याण्डलाई ३–० ले पराजित ग¥यो । इटालीको जितमा म्यानुएल लुकाटोलीले दुई गोल गरेभने सिरो ईमोबिलले एक गोल थपे ।

लगातार दुई जितसहित समुह ‘ए’ मा ६ अंक जोडेको इटालीले एक खेल अगाबै नक आउट चरणमा स्थान पक्का गरेको हो ।

समुहको अर्को खेलमा गएराति टर्कीलाई २–० ले हराउँदै वेल्सले पनि अर्को चरणको संभावना बलियो पा¥यो । वेल्सको जितमा आरोन राम्से र कोनोर रोबर्ट्सले एक एक गोल गरे ।

युरोकप अन्तर्गत समुह ‘बि’ को खेलमा रुसले फिनल्याण्डलाई १–० ले हराएको छ । युरोकपमा आज पनि तिन खेल हुनेछन् । समुह ‘बि’ को खेलमा डेनमार्क र बेल्जीयम भिड्नेछन् ।

यो खेल नेपाली समय अनुसार वेलुकी पौने १० बजे डेनमार्ककको कोपन हेगनमा हुनेछ । साँझ पौने ७ बजे रोमानियाको बुकारेष्टमा समुह ‘सि’ को युक्रेनले उत्तरी मेसेडोनियासँग खेल्दा राती पौने १ बजे नेदरल्याण्ड्सको एम्सटरडममा घरेलु टोलीले अष्ट्रियासँग खेल्नेछ ।