नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख ९५ हजार ३ सय ९१ पुग्याे 

काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार नौ सय सात जनाको पीसीआर र पाँच हजार सात सय ४९ जनाको एन्टिजेन गरी १६ हजार ६ सय ५६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ४ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये झन्डै २१ प्रतिशतमा कोरोना देखिएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख ९५ हजार ३ सय ९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।

यस्तै यही अवधिमा थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय ८० पुगेको छ ।

अहिले नेपालमा ३८ हजार ३३ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९६ जनाको आईसीयू र एक सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।