२४ घण्टामा २६२४ मा संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा  थप २ हजार ६ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ६ सय ६७ पीसीआर परिक्षणमा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परिक्षणमा ६७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ ।

त्यस्तै कोभिडका कारण थप २० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १० हजार २ सय ५९ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।