बाजुरामा पहिरो गएपछि कर्णाली नदी थुनिने खतरा

धनगढी । बाजुरामा पहिरो गएपछि कर्णाली नदी थुनिने खतरा बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार साँझ जिल्लाको स्वामिकातिक खापर गाउँपालिका–२ को छुदरीस्थित कर्णाली नदीमा माथिबाट सुख्खा पहिरो आएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी मदनजीत महराले बताए ।

सुख्खा पहिरो आएका कारण महाकाली नदी थुनिने आशंकामा आसपासका बासिन्दालाई सर्तकता अपनाउन अपील गरेको डीएसपी महराले बताए ।

पहिरो गएको क्षेत्र नजिकै मानव बस्ती नभए पनि नदी थुनिएपछि क्षति हुनसक्ने भएकाले सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।