पछिल्लो २४ घण्टामा २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ८६२, र ५ हजार ५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ ।