मनकामना केबुलकार सञ्चालनमा आउने

काठमाण्डौ । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार भोलिदेखि सञ्चालनमा आउने भएको छ ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको जानकारी दिए ।