बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ६ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशीक्षेत्र आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले बताए ।