आज राष्ट्रिय बाल दिवस, प्रधानमन्त्री र राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं ।  आज अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवस हो । यस वर्षको बालदिवस ‘बालमैत्री समाजको आधार , जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाइँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाल दिवसका अवसरमा शुभकामना दिँदै बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताएका छन् ।

त्यस्तै राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना ब्यक्त गरेक छन् । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा बधाई तथा शुभकामना व्यक्त गरेकी हुन ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।