दसैँ तिहारका लागि नयाँ नोट ३ अर्ब ६० करोड रुपैयाँ बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दसैँ तिहारका लागि लक्षित गर्दै बजारमा ३ अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ ।

कमर्सियल बैङ्कहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दसैँ तिहार लक्षित नयाँ नोट पठाइएको बैङ्कको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बताए ।

नेपालका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट साट्न पाउने छन् ।