डा: खड्काले वुवा आमाकाे सम्झनामा ५० लाख बराबरको अक्षयकोष स्थापना गर्ने

सुर्खेत । प्रदेश अस्पताल कालागाउँ सुर्खेतका निर्देशक डा. डम्बर खड्काकाे परिवारले प्रदेश अस्पतालमा आफ्ना आमा र वुवाको सम्झानामा ५० लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएका छन् ।

प्रदेश अस्पताल कालागाउँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले उक्त अक्षयकोष अस्पतालमै स्थापना गरिने र सो कोषबाट आएको रकमले दिनदु:खीहरुको उपचारमा सहयोग गरिने बताएका हुन ।

‘मेरा पुज्यनीय आमाबुवाको सम्झनामा प्रदेश अस्पतालमा पचास लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएको छु ।’ उनले भने, ‘यो कोषबाट भएको आम्दानीबाट कर्णालीका दुखी, गरिब, असहाय तथा गरिब विरामीको उपचारमा केहि मात्रामा भएपनि सहयोग पुग्ने अपेक्षा गरेको छु ।