घटस्थापनादेखि हल खुल्ने, विदेशी र नेपाली फिल्मको समय नजुधाइने

काठमाडौं : कोरोनाका कारण पोहोर सालको दशैँमा भने कुनै फिल्म प्रदर्शनमा आउन सकेन। यो वर्ष पनि हल पोहोरकै जस्तो सुनसान हुने आशंका धेरैलाई थियो। दर्शकको संख्या जे जस्तो भए पनि यो वर्ष हलमा फिल्म भने लाग्ने भएको छ।

आइतबार नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले घटस्थापनाको अवसर पारेर असोज २१ देखि फिल्म हल खोल्ने निर्णय गरेको हो। सरकारले यसअघि नै हल खोल्ने निर्णय दिए पनि नयाँ फिल्म नहुँदा हलहरू बन्द अवस्थामा नै थिए।

असोज २१ देखि हल खुले पनि नेपाली फिल्म भने २५ देखि मात्रै प्रदर्शन हुने बताइएको छ। अहिलेसम्म दशैँको अवसर पारेर दुई फिल्मले प्रदर्शनको घोषणा गरेका छन्। जसमा २५ गते धन्दागिरी र २६ गते डाँडाको बरपिपल प्रदर्शनमा आउने बताइएको छ। घटस्थापनामा भने हलिउड फिल्म एफ-९ (फास्ट एण्ड फ्युरियस ९) प्रदर्शनमा आउने बताइएको छ।

आइतबार बसेको बैठकमा पहिलो हप्ता ५५ प्रतिशत शेयर रकम निर्मातारवितरकलाई भुक्तानी गरिने, दोस्रो हप्तामा ५०र५० प्रतिशत हुने, नेपाली फिल्म प्रदर्शनमा आउने मितिमा विदेशी फिल्म प्रदर्शन नगर्ने जस्ता निर्णय गरेको छ।

त्यस्तै, असोज २० गतेसम्ममा तीन महिनासम्म प्रदर्शनमा आउने फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने र पछिल्लो बैठकले गरेको निर्णय तिन महिनासम्म लागू हुने बताइएको छ।