नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु

काठमाण्डौ – नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।

ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा आयोजित विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलको बटम थिचेर लोगो अनावरण गरी उद्घाटन गर्नु भएको हो ।

नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको विधान महाधिवेशन सुरु भएको हो। ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।