काठमाडौं । संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले बताएका छन् । कोइरालाले सञ्चारकर्मीसँग कुराकानी गर्दै काँग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नु परेको बताए ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
उनले सरकार पनि गठबन्धनको रहेको र गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुने बताए । तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एकसय सिट पाउनुपर्ने उनको दावी छ । एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्ने र अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाई थियो ।संबिधान र ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बएका छन् ।
![](https://aksanchar.com/wp-content/uploads/2024/09/bulbule-Gift-Corneer.gif)
ए.के. सञ्चार । २१ श्रावण २०७९, शनिबार १२:१६