विक्की–रश्मिकाको अण्डरवेयरको विज्ञापनमा हंगामा

एजेन्सी । हिन्दी फिल्म जगतका यस्ता थुप्रै कलाकार छन् जो विज्ञापनमा फिचर भएका कारण ट्रोल भएका छन् । पछिल्ला केही हप्तामा थुप्रै बलिउड सेलिब्रिटी ट्रोल्सको निशानमा आए । सुरुमा ऋतिक रोशन र कट्रिना कैफको जोमेटो विज्ञापनका लागि विवाद भयो ।

त्यसपछि आलिया भट्टको विज्ञापनमा पनि प्रयोगकर्ताले धेरैथरी भने । अब विक्की कौशल र रश्मिका मंदाना हालै सार्वजनिक भएको विज्ञापनका लागि चर्चामा आएका छन् । यी दुबैलाई ट्वीटरका प्रयोगकर्ताले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

यस्तो छ विज्ञापनः

विज्ञापनमा रश्मिका मंदाना एक योग प्रशिक्षकको भूमिकामा देखिएकी छिन् । उनी विक्की कौशलको अण्डरवियरको पित्ता हेरिरहेकी छिन् । विज्ञापनको पहिलो भागमा रश्मिका विक्कीको अण्डरवियरको फित्ता हेर्न यति मुग्ध हुन्छिन् कि उनले गन्न नै बिर्सिन्छिन् । विज्ञापनको दोस्रो भागमा दराजको माथिल्लो भागबाट विक्की केही उठाउने कोसिस गर्छन् । त्यतिबेला टिसर्ट माथि सर्छ र नायिकाको नजर विक्कीको अण्डरवियरको फित्तामा पुनः पर्छ । यसअघि पनि यस्तै केही विज्ञापनमा प्रयोगकर्ताले रिस देखाइसकेका छन् । हालै वरुण धवन पनि एक अण्डरवियरका लागि फिचर भएका थिए, उनलाई पनि प्रयोगकर्ताले बाँकी राखेनन् ।