मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको निर्वाचन स्थगित भएको छ । चैत्र ३ गतेका लागि तोकिएको स्ववियूकाे निर्वाचन स्थगित भएको हाे ।

मंगलबार ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत तिन जना विद्यार्थीले मतदानबाट  वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालत सुर्खेतले अर्को आदेश नआउदासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुबै पक्षलाइ ऊच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश जारि गरेको छ।

साे तीन जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालका विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।