मुसीकोटमा एयरलाइन्सले उडान भर्न थाल्यो

रुकुम पश्चिम । मुसीकोट नगरपालिका–१ सल्ले विमानस्थलमा निजी एयरलाइन्सले उडान भर्न थालेको छ । नेपालगन्ज र काठमाडौ आउजाउ गर्ने यात्रुलाई सुविधा भएको छ । यसअघि नेपाल वायु सेवा निगमका मात्रै जहाजले उडान भर्ने मुसीकोटमा थप सुविधा भएको हो ।

सातमा मुस्किलले एउटा मात्रै उडान हुने विमानस्थलमा यात्रुले चाहेकै बेला जहाज चढ्ने सुविधा पाएका छन् ।

सल्ले विमानस्थलमा नेपाल एयरलाइन्ससहित यति र समिट एयरले उडान भर्न थालेका छन् ।