कालिकोटमा अक्सिजन प्लान्ट निर्माण

कालिकोट । जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट निर्माण गरिएको छ । अक्सिजन सिलिन्डर भर्नका लागि नेपालगन्ज जान पर्ने बाध्यता हटेकाे छ ।

शुक्रबार जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट निर्माण गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए । जिल्लामा २/२ वटा अक्सिजन प्लान्ट जडान गरेर सेवा सुचारू गरिएको छ ।

कोभिड अस्पतालमा पाईप लाईनबाट २५ वटा बेडमा सप्लाई भैरहेकाे महतले बताए । जिल्ला अस्पतालमा फिलिङ्ग सिस्टम सहितको अक्सिजन प्लान्ट महत्त्वपूर्ण रहेकाे पनि उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सामाजिक बिकास मन्त्रालय ,स्वास्थ्य सेवा निर्देशनालय , ६२.५ केभिए क्षमताको जेनेरेटर UNDP ले निशुल्क उपलब्ध गराएकाे छ ।
अब देखि अक्सिजन ग्यासको आवश्यकता भएमा खाली सिलिन्डर सशुल्क अक्सिजन ग्यास भर्न आउन हुन समेत सम्बन्धित सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई जिल्ला अस्पताल कालिकोटले आग्रह गरेको छ ।